images
images

खानेपानी मन्त्रालयको सचिवमा सुरेश आचार्य


  • 1.6K
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    खानेपानी मन्त्रालयको सचिवमा सुरेश आचार्य

    काठमाडौं । सचिव सुरेश आचार्य खानेपानी मन्त्रालयमा सरुवा भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रहेका आचार्यलाई मन्त्रिपरिषद् बैठकले सो मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

    यसअघि खानेपानी मन्त्रालयमा प्रमिलादेवी बज्राचार्य सचिव थिइन् । उनलाई अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएकाे छ। 

    आचार्य २०७७ मंसिरमा सचिवमा बढुवा भएका हुन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा जानुअघि उनी नेपाल ट्रष्टको कार्यालयका सचिव थिए । त्यसअघि उनी तात्कालिन नेपाल पुनर्निर्माण प्राधिकरणका सचिव थिए । 

     


    images
    images

    Logo