images
images

८ सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, को कहाँ पुगे ?


  • 467
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    ८ सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, को कहाँ पुगे ?

    काठमाडौं । सरकारले ८ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पठाइएको छ । 

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएका छन् । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियाको सरुवा गरिएको छ । 

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ । यस्तै खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।


    images
    images

    Logo