images
images

सरकारले घटायो बजेटको आकार, यस्तो छ नयाँ बजेट


  • 475
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    सरकारले घटायो बजेटको आकार, यस्तो छ नयाँ बजेट

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लक्षित बजेटको आकार घटाएको छ । आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको प्रतिस्थापन विधेयकले तय गरेको १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको बजेटलाई घटाएर सरकारले १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो । संशोधित बजेट सुरुको बजेटभन्दा ५.३० प्रतिशत कम हो । 

    बिहीबार बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै संशोधन गरिएको उक्त बजेटको स्रोततर्फ आन्तरिक  तथा विनियोजनतर्फ सरकारले बजेटको आकार घटाएको हो ।

    कुल बजेटको आकार : १५ खर्ब ४६ अर्ब २८ करोड

    विनियोजन
    चालु खर्च : १० खर्ब ३५ अर्ब ४६ करोड ५७ लाख
    पुँजीगत खर्च : ३ खर्ब ४० अर्ब ३२ करोड ५८ लाख
    वित्तीय व्यवस्था : १ खर्ब ७० अर्ब ४९ करोड ३८ लाख

    स्रोत
    आन्तरिक स्रोत (राजश्व तथा आन्तरिक ऋण) : १२ खर्ब ८९ अर्ब ८२ करोड ६ लाख
    वैदेशिक अनुदान : ५० अर्ब
    वैदेशिक ऋण : २ खर्ब ६ अर्ब ४६ करोड ४७ लाख


    images
    images

    Logo