images
images

पुर्वाधार विकास बैंकका लागि राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन, यस्ता छन् नयाँ निर्देशन  


  • 310
    SHARES
  • २०७८ माघ २७ गते बिहीबार

    पुर्वाधार विकास बैंकका लागि राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन, यस्ता छन् नयाँ निर्देशन  

    काठमाडौं । राष्ट्र बैंकले पुर्वाधार विकास बैंकका लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बिहिबार परिपत्र जारी गर्दै यस्तो निर्देशन जारी गरेको हो । 

    पुर्वाधार विकास बैंकलाइ जारी गरिएको निर्देशन २०७५ तथा सो पश्चात २०७८ माघ २६ सम्म कायम भएका परिपत्रहरुलाई संशोधन गरी बैंकले 'एकिकृत निर्देशन २०७८' जारी गरेको छ । 

    हाल जारी गरिएको नयाँ निर्देशनमा पुर्वाधार बैंकले अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थासँग नियमित कर्जा सापटी लिन नपाउँने व्यवस्था गरिएको छ । पुर्वाधार बैंकल अन्तर बैंक कारोबार सापटीको रुपमा भने कारोबार गर्न सक्नेछ । उक्त अन्तरबैंक सापटीको अवधि बढिमा ७ दिनको हुनेछ ।

    त्यस्तै, पुर्वाधार बैंकले विदेशी धितोमा कर्जा प्रवाह गर्न पाउने छैन । सो बैंकले हक कायम गर्न नसक्ने किसिमको विदेशमा रहेको धितो सुरक्षणमा कर्जा प्रवाह गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकका अनुसार पुर्वाधार बैंकले परियोजनाको ग्रेस अवधिमा पाकेको व्याजलाई पुँजीकरण गर्न पाउने छैन । तर राष्ट्रिय प्राथामिकताप्राप्त क्षेत्रमा लगानी गरिएका कर्जाको हकमा यस बैंकको पूर्व स्वीकृती लिइ पुँजीकरण गर्न सकिने लगायतका निर्देशन राष्ट्र बैंकले जारी गरेको छ । 

     


    images
    images

    Logo