images
images

रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द


  • 485
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द

    काठमाडौं । याक एण्ड यति होटलले ४२ करोड रोयल्टी नबुझाएपछि इजाजत पत्र रद्द भएको छ । बुधबार संस्कृति तथा नागरिक उड्डयान मन्त्रालयले सो निर्णय गरेको हो । 

    होटेलले बुझाउनु पर्ने रोयल्टीको लागि बारम्बार सूचना गर्दा पनि बेवास्ता गरेको हुनाले माघ २६ गतेदेखि लागु हुने गरी याक एण्ड यति होटल दरबारमार्गको ५ तारे होटलको स्तर इजाजत पत्र रद्द गर्ने निर्णय भएको छ । साथै होटल सञ्चालन नगर्न र बैंक खाता पनि रोक्का गर्ने भएको छ ।

    पर्यटन विभागले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाण पत्र रद्द गरिएको पत्र होटललाई पठाएको छ ।


    images
    images

    Logo