images
images

शोधनान्तर स्थिति २ खर्ब ४१ अर्बले घाटामा, विदेशी विनिमयको सञ्चिति १६ प्रतिशतले घट्यो


  • 335
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    शोधनान्तर स्थिति २ खर्ब ४१ अर्बले घाटामा, विदेशी विनिमयको सञ्चिति १६ प्रतिशतले घट्यो

    काठमाडौं । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । देशमा भित्रने भन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर स्थिति घाटामा गएको हो । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको आर्थिक स्थितीको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा
    १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५४ अर्बले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.० प्रतिशतले कमी आई ५ अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रहेको थियो  । 

    गत असार मसान्तमा१३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड
    रहेकोमा गत पुस मसान्तमा १५.९ प्रतिशतले कमीआई ९ अर्ब ८९ करोड कायम भएको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२ खर्ब ४४ अर्ब रहेकोमा पुस मसान्तमा १८.४ प्रतिशतले कमी आइ १० खर्ब १५ अर्ब कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा पुस मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ५० अर्ब 
    कायम भएको छ । पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत
    रहेको छ ।

     


    images
    images

    Logo