काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिष्टमा परेका ५ जनाको अन्तर्वार्ता फागुन १ गते आइतबार हुने भएको छ ।
अन्तर्वार्ता दिनेहरुमा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेका छन् । यी ५ जनाको अन्तवार्ताबाट समितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ ।
अन्तवार्ता दुई चरणमा गर्ने भएको छ । बोर्डको अध्यक्षको कार्यकालको समयावधि २ वर्षसम्मको रहनेछ ।