काठमाडौँ । सुनचाँदी बजारमा लगातार सुनचाँदीको मुल्यमा वृद्धि भइरहेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोवार भएको हो ।
मंगलबार प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँले कारोवार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँले कारोवार भएको छ । त्यसैगरी चाँदीको मुल्यमा २० रुपैयाले बढेर आज प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोवार भएको संघले जनाएको छ ।