images
images

एक वर्षदेखि रोकिएको भन्सार एजेन्टको परीक्षाका लागि मिति तोकियो


  • 523
    SHARES
  • २०७८ माघ २६ गते बुधबार

    एक वर्षदेखि रोकिएको भन्सार एजेन्टको परीक्षाका लागि मिति तोकियो

    काठमाडौं । भन्सार एजेन्टको परीक्षाका लागि मिति तय भएको छ । १ वर्षदेखि रोकिँदै आएको उक्त परीक्षाका सञ्चालन गर्न लागेको भन्सार विभागले जनाएको छ । 

    जसअनुसार उक्त परीक्षा फागुन २८ गते दिनको २ बजे हुनेछ । परीक्षा केन्द्र भने पछि तोकिने विभागले जनाएको छ । 

    अघिल्लो चैतमै भन्सार एजेन्टका लागि विज्ञापन खुलेको थियो । तर, कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो । महामारी कम भएसँगै अहिले परीक्षा सञ्चालन गर्न लागेको हो । 

    अहिले १० हजार भन्दा बढी परीक्षार्थी उक्त परीक्षाका लागि प्रतिक्षारत छन् । 

    bhansar agent.jpg


    images
    images

    Logo