काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगको सिक्त रहेको महाप्रवन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ । बुधवार सुचना प्रकाशित गर्दै सो पदका लागि दरआस्त आह्वान गरिएको हो ।
दरखास्त दिने दिनसम्म ३५ वर्ष पुरा भइ ६५ वर्ष ननाघेका र उक्त पदका लागि योग्यता पुगेका इच्छुक नागरिकले सुचना प्रकाशित भएको २१ दिनभित्र उद्योग तथा आपुर्ती मन्त्रालयमा आवेदन दिन सक्नेछन् ।
दरखास्तका साथ हेटौंडा सिमेन्ट उद्योगको सुसञ्चालनका लागि बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।