काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति गठन भएको छ । मंगलबार बसेको संसदीय समितिकाे बैठकले उक्त निर्णय गरेको हो ।
समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेलको नेतृत्वमा उपसमिति गठन गरेको हाे। उक्त उपसमितिको सदस्यहरुमा खेम लोहनी र लक्ष्मी परियार रहेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमिति गठन गरिएको हो ।