images
images

नबिल इन्भेष्टमेण्ट बैंकिङको व्यवस्थापन सेवा अन्तर्गत विशेष सुविधा


  • 393
    SHARES
  • २०७८ माघ २५ गते मंगलबार

    नबिल इन्भेष्टमेण्ट बैंकिङको व्यवस्थापन सेवा अन्तर्गत विशेष सुविधा

    काठमाडौं ।  नबिल इन्भेष्टमेण्ट बैंकिङले व्यवस्थापन सेवा अन्तर्गत विशेष सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले लगानीकर्ताहरुलाई लक्षित गरी बाह्र महिना (१ वर्ष) को लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट गर्ने भएको हो । 

    कम्पनीले संचालनको बाह्र वर्ष पुरा गरी तेह्रो वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनिहरुको लगानीको उचित व्यवस्थापन गरिने जनाएको छ । लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गरी लगानीकर्ताहरुलाई उच्च दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको छ । 

    जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसक्नु भएका लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसक्नु भएका लगानीकर्ताहरुले यसबाट पहिलो बाह्र महिनाको लागि बिना कुनै व्यवस्थापन शुल्क यसमा प्रवेश गरी फाईदा लिन सक्नेछन् । 

    यो लगानी व्यवस्थापन सेवामा दक्ष तथा गहन विश्लेषणको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ । लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ भने यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा  शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ । यो सेवा सर्वसाधारण लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्नेछन् । 

    विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको बिभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिनुभएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले सीमित अवधि अर्थात् फाल्गुण १० गतेसम्मका लागि मात्र यो सुविधा दिईने छ ।


    images
    images

    Logo