काठमाडौं । माघ २१ गतेबाट निष्काशन भएको जाल्पा लघुवित्तको प्राथमिक शेयर निष्काशनमा अन्तिम दिन ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको छ । प्राप्त आवेदनको हिसाबले यो निष्काशनमा अहिले सम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो ।
निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो । सो शेयरमध्ये निष्काशनको अन्तिम दिन अपरान्ह ५ बजेसम्म २७ लाख ६ हजार जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख कित्ता शेयरका लागि आवेदन परेको छ ।
यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटलले गरेको छ ।
यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।



