काठमाडौँ । सुनचाँदी बजारमा आज ५ सय रुपैँयाले वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोवार भएको हो ।
सोमबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँले कारोवार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँले कारोवार भएको छ । त्यसैगरी चाँदीको मुल्यमा ५ रुपैयाले बढेर आज प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोवार भएको संघले जनाएको छ ।