काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुला गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरिएको हो ।
योग्यता पुगेका इच्छुक नागरिकले सुचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।
दरखास्तका साथ दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको बढीमा ५ हजार शव्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।