काठमाडौं । कर्णाली प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत चौँथो तहका (प्राविधिक तथा अप्रविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट दरखास्त आह्वान गरिएको हो ।
लोकसेवा आयोगले प्रकाशित गरेको सूचनामा तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले बिद्युतिय माध्यमबाट दरखास्त दिन सक्ने उल्लेख गरिएको छ ।
आवेदन दिनको लागि फागुन १६ गते सम्म र दोब्बर दस्तुर तिरेर फागुन २३ गतेसम्म दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।
