काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १ सय १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ६१ रुपैयाँ ९७ पैसामा कायम भएको छ ।
