images
images

वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि गृहमन्त्रालयको यस्तो अनुरोध


  • 556
    SHARES
  • २०७८ माघ २४ गते सोमबार

    वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि गृहमन्त्रालयको यस्तो अनुरोध

    काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुका लागि गृहमन्त्रालयले अनुमती प्राप्त संस्थाबाट मात्र जानको लागि अनुरोध गरेको छ । मन्त्रालयले सोमबार प्रेस विज्ञप्ती मार्फत अध्ययनका लागि जाने विद्यार्थीहरुले उक्त देशका शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रकिया पुरा गरेर मात्र जानको लागि अनुरोध गरेको हो । 

    हाल विदेशमा अध्ययन गर्नको लागि जाने विद्यार्थीहरुबाट अलपत्र परेका र कतिपय नेपालमै फिर्ता हुन परेको गुनासो आएका कारण मन्त्रालयले सचेत भई सम्पुर्ण प्रक्रिया पुरा गरेर मात्र जानको लागि आग्रह गरेको छ ।

    इजाजत नलिई अनधिकृत रुपमा सञ्चालन भएका परामर्शदाता संस्थाहरु, इजाजत नलिइ अनलाईन विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विभिन्न देशमा शैक्षिक संस्थाको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेका मन्त्रालयले जनाएकोे छ । 

    त्यसरी गैर कानुनी रुपमा काम गरेका संस्थाहरु तथा व्यक्ति उपर सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यलय वा नजिकको प्रहरी कार्यलय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा उजुरी दिन अनुरोध गरेको छ । 


    images
    images

    Logo