काठमाडौँ । सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ।
आज आयोगले निर्वाचनको मिति सरकारले सिफारिस गरेसगैँ मिति तोकिएको थियो । सरकारले निर्वाचनमो मिति घोषण गरेसँगै भोलिबाट नामावली संकलन गर्न बन्द भएको छ ।
चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने भएकाले अलि नै आयोगले मिति सिफारिस गरेको हो।
‘भोलिबाट हामी अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्छौं,’ दिनेश थपलियाले भने,‘कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरू गर्छौं।’
देशभरि एकै चरणमा चुनाव गर्न आयोग सक्षम रहेको थपलियाले बताए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते शुक्रबार स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो।



