काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा ४ जनाविरुद्ध उच्च अदालत विराटनगर मोरङ जिल्लामा मुद्दा दायर गरेको छ ।
विभागले सुनसरी धरान को उत्तम कुमार ताम्राकार, चन्दे्रशवरी ताम्राकार, अनुप ताम्राकार र निर्मल कुमार ताम्राकार विरुद्ध मुद्दा दायर गरेको हो ।
उक्त प्रा.लि.ले विना विल वीजक र गैह्र कर वीजकबाट मालवस्तुहरुको कारोबार गरी प्रचलित मुल्य अभिबृद्धि कर ऐन तथा आयकर ऐन, नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेका थिए ।
विभागले आरोपी ४ जनाविरुद्ध १२ करोड १९ लाख ४० हजार ६ सय ४२ रुपैयाँ बराबरको बिगो कायम गरी यही माघ २० गते मुद्दा दायर गरेको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।