काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आफूसँग भएको अरुण काबेली पावर कम्पनीको शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले आफूसँग भएको अरुण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता शेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा विक्री गर्ने निर्णय गरेको छ ।
कम्पनीले विद्युत् नियमन आयोगले जारी गरेको विद्युत् सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ अन्तर्गत शेयर विक्री गर्न लागेको जानाएको छ ।