काठमाडौं । उपत्यकका तिनै जिल्ला (काठमाडौं, भक्तपुर ललितपुर) का जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेबाट लागु हुनेगरि नयाँ आदेश जारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार उपत्यकका तिनै जिल्ला प्रशासन कार्यलयले आइतबार मध्यरातिबाट लागु हुने गरि नयाँ आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यलयले आइतबार राति १२ बजेबाट जोर विजोर प्रणली हटाउने साथै फागुन १ गतेबाट सम्पुर्ण विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।