काठमाडाैं । कोरोना माहामारिका कारण कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ट्याक्सी तथा निजी सवारी साधनमा लगाइएको जोर विजोर प्रयाली हटाउन सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबार देखि लागु हुने गरि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो ।