images
images

दुई हाउजिङ कम्पनीको मर्जर भाँडियो, डिमर्जको प्रस्ताव साधारणसभामा


  • 647
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    दुई हाउजिङ कम्पनीको मर्जर भाँडियो, डिमर्जको प्रस्ताव साधारणसभामा

    काठमाडौं । दुई हाउजिङ कम्पनीको मर्जर भाँडिएको छ । मर्जरसम्बन्धी सञ्चालक समितिको निर्णय र साधारणसभाबाट अनुमोदन समेत भइसकेका पिपुल्स इन्भेष्टमेन्ट कम्पनी र कञ्चनजंघा हाउजिङ डिमर्जको चरणमा गएको हुन् । 

    पिपुल्स इन्भेष्टमेन्टले फागुन १८ गतेका लागि आफ्नो १४ औं साधारणसभा बोलाएको छ । यसमा यसअघिको मर्जरसम्बन्धी निर्णय खारेज गर्ने प्रस्ताव गरिएको छ । 

    साथै पुँजी जुटाउन कम्पनीले ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने, ऋणपत्र निष्कासन गर्ने लगायत एजेन्डा समेत साधारणसभामा प्रस्तुत गर्नेछ । यी दुवै कम्पनी दोस्रो बजारमा सूचीकृत भएका कम्पनी होइनन् । 


    images
    images

    Logo