images
images

एचआईडीसीएलले घटायो लिलामी शेयर खरिदको सीमा, कति होला कटअफ मूल्य ?


  • 839
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    एचआईडीसीएलले घटायो लिलामी शेयर खरिदको सीमा, कति होला कटअफ मूल्य ?

    काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को ३ करोड ३० लाख कित्ता संस्थापक शेयरको लिलाम बिक्री फेरि खुलेको छ । आइतबार सो कम्पनीले यस्तो लिलामी पुनः खुलाएको हो ।

    नयाँ प्रावधान अनुसार अब सो शेयरका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ । बढीमा भने १० ले भाग जाने अधिकतम ३ करोड ३० लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सकिन्छ । पहिलो पटक लिलामी खुलाउँदा सो कम्पनीले कम्तीमा १ करोड कित्ताका लागि आवेदन माग गरेको थियो । तर, सो शेयर बिक्री नभएपछि सीमालाई घटाएर १०० मा झारेको हो । 

    यस्तो आवेदन फागुन १ गतेदेखि ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई बैंकका तोकिएका शाखाबाट प्राप्त गर्न सकिने जनाइएको छ । 

    कति होला कटअफ मूल्य ?

    एचआईडीसीएलले तोकेको नयाँ न्यूनतम मूल्यका कारण यो कम्पनीको शेयरमा आम सर्वसाधारणले लगानी गर्न सक्ने देखिएको छ । त्यसैले प्रतिस्पर्धी मूल्यकै आधारमा शेयर बिक्री हुन सक्छ । 

    संस्थापक शेयर सामान्य अवस्थामा बिक्री गर्न नमिल्ने भएका कारण यसको मूल्य निर्धारण बजारभाउका आधारमा नभइ कम्पनीको आधारभूत पक्षमा आधारमा हुन्छ । 

    अहिले सो कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँभन्दा माथि छ । असोज मसान्तमा यसको वाािर्षकीकरण गरिएको प्रतिशेयर आम्दानी ४.६३ रुपैयाँ छ भने नेटवर्थ ११०.७५ रुपैयाँ रहेको छ । 
    सामान्यतया दोस्रो बजारमा बिक्री नहुने संस्थापक शेयरको कटअफ मूल्य नेटवर्थकै वरपर रहेर निर्धारण हुने गरेको छ । तर, एचआईडीसीएलले अहिले वित्तीय संस्थाको मान्यता पाएकोले आफूले लगानी गर्न नसकेको रकम अब अरुलाई ऋण दिने बाटो खुलेको छ । त्यसैले आगामी दिनमा यसको आम्दानी बढ्न सक्ने भएकोले त्योभन्दा केही माथि गएर मूल्य निर्धारण समेत हुन सक्छ । 


    images
    images

    Logo