काठमाडौं । वुटवल पावर कम्पनीको नाफामा उच्च गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सो कम्पनीको नाफा २८.२७ प्रतिशतले घटेर १८ करोड १९ लाखमा झरेको हो । अघिल्लो वर्ष यस्तो नाफा २५ करोड ३६ लाख रुपैयाँ थियो ।
वुटवल पावरले विद्युत् बिक्रीबाट गरेको आम्दानी भने यो वर्ष बढेको छ । अघिल्लो वर्ष यो अवधिमा ३९ करोड आम्दानी गरेको सो कम्पनीले यसलाई बढाएर ४२ करोड पुर्याएको छ । खर्च भने सामान्यतया स्थिर छ ।
यसका बाबजुद नाफा घट्नुमा कर नलाग्ने प्रकृतिका विविध आम्दानीमा भएको गिरावट प्रमुख छ । यस्तो आम्दानी अघिल्लो वर्ष ११ करोड रुपैयाँ रहेकोमा घटेर ४ लाखमा झरेपछि नाफा घटेको हो ।