काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर यस प्रकार तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, युके पाउन्ड स्टलिङ १ को खरिददर १ सय ६१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ६२ रुपैयाँ ३९ पैसामा कायम भएको छ ।
