images
images

हिउँदे वर्षा आजदेखि रोकिने, मौसम खुल्न समय लाग्ने


  • 368
    SHARES
  • २०७८ माघ २२ गते शनिबार

    हिउँदे वर्षा आजदेखि रोकिने, मौसम खुल्न समय लाग्ने

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण प्रतिकुल बनेको मौसम सोमबारसम्म पनि नखुल्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको ३ दिने मौसम पूर्वानमानले सोमबारसम्म मौसम प्रतिकुल नै रहने जनाएको हो । 

    आज प्रदेश १, मधेश प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक तथा सामान्य बदली भइ हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । रातीदेखि तराई क्षेत्रमा भने मौसम खुल्नेछ । 

    आइतबार मौसम सामान्यतया सफा रहनेछ भए पनि आइतबार रातीदेखि फेरि बादल लाग्न सुरु हुनेछ । सोमबार पनि आंशिक बदली र हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ । 


    images
    images

    Logo