images
images

क्रिप्टो कारोबारमा कडाइपछि राष्ट्र बैंकको ध्यान विद्युतीय ठगीमा


  • 3.0K
    SHARES
  • २०७८ माघ २२ गते शनिबार

    क्रिप्टो कारोबारमा कडाइपछि राष्ट्र बैंकको ध्यान विद्युतीय ठगीमा

    काठमाडौं । क्रिप्टोकरेन्सीमा लगानी गर्न कडाइ गरेपछि राष्ट्र बैंकको ध्यान चिठ्ठा तथा अन्य प्रलोभनमार्फत् हुने ठगीमा गएको छ ।

    विभिन्न माध्यमबाट फोन तथा म्यासेज गरेर प्रलोभन देखाइ ठगी गर्ने क्रम बढेपछि राष्ट्र बैंकले यस्ता गतिविधिमा विश्वास नगर्न आह्वान गरेको हो । 

    बैंकबाट फोन गरेको भन्दै इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङको युजरनेम र पासवर्ड माग्ने, नक्कली वेभसाइट बनाइ गोप्य सूचना लिने, ठूलो रकमको चिठ्ठा परेको भन्दै रकम ट्रान्सफरको नाममा ठगी गर्ने, अत्यधिक नाफाको प्रलोभन देखाइ विभिन्न उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी गर्ने गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकले यस्तो जानकारी कसैलाइ पनि नदिन र पासवर्ड बेला बेलामा परिवर्तन गर्न आह्वान गरेको छ । त्यस्तै, अनधिकृत एप्लिकेसनहरु मोबाइलमा डाउनलोड नगर्न, जथाभावी क्युआर कोड वा बारकोड स्क्यान नगर्न तथा सुरक्षित वेभसाइटबाट मात्रै रकम भुक्तानी गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

    Nrb suchana.jpg


    images
    images

    Logo