काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६३ जनाको जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा शुक्रबार थप ७४५ जनामा कोरो संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७०, ललितपुरमा १ सय २० र भक्तपुरमा ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।