काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडासदस्य बसन्त महर्जन विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । आयोगले सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइरहेको अबस्थामा महर्जनलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडासदस्य वसन्त महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिएका थिए ।
निजलाई अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइरहेको अबस्थामा भदौ २१ गते नियन्त्रणमा लिएको थियो ।