काठमाडौं । बीमा समितिले बीमा कम्पनीका सबै कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्र पठाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिहीबार परिपत्र जारी गर्दै समितिले ७ दिनभित्र त्यस्तो परिपत्र जारी गर्न निर्देशन दिएको हो ।
अहिले बीमा क्षेत्रमा कम शैक्षिक योग्यता भएका व्यक्तिहरुले ठूलो पद लिइरहेको भन्ने चर्चाबीच समितिले यस्तो परिपत्र गरेको हो । समितिको परिपत्रसँगै बीमा कम्पनीहरुमा हलचल मच्चिएको छ । यसले ठूलो संख्यामा कर्मचारीको जागिर गुम्नसक्ने अवस्था देखिएको छ ।