काठमाडौं । नेपाल स्टक एक्सचेञ्जकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज साँझ बसेकाे बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
यसअघि सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले कार्कीसहित डा. रमेशकुमार भण्डारी र डा. केशव श्रेष्ठको नाम सिफारिस गरेको थियो । त्यसमध्ये मन्त्रिपरिषद्ले उनलाई नियुक्त गरेको हो ।
कार्की बुढीगण्डकी जलविद्युत आयोजनामा कार्यत छन् । उनी अर्थमन्त्री जनार्दन शर्माका निकट मानिन्छन् ।