images
images

सुनको मुल्यमा ५ सय रुपैयाँले वृद्धि, कति छ आजको बजार भाउ ?


  • 347
    SHARES
  • २०७८ माघ २० गते बिहीबार

    सुनको मुल्यमा ५ सय रुपैयाँले वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं ।  सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो । 

    बुधबार प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य स्थिर आएर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo