काठमाडौं । पशुपति क्षेत्र विकास कोषभित्र भएका १६ गतिविधिमा अनियमितता भएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको टानबिनका क्रममा धर्मशाला सञ्चालनदेखि बाटोमा ढुंगा छाप्ने कामसम्ममा अनियमितता देखेको हो ।
यी हुन् सतर्कता केन्द्रले अनियमितता भएको पाइएका कामहरु
१. पशुपति धर्मशाला भाडामा
२. भुवनेश्वरी मार्गमा ढुंगा बिच्छ्याउँदा
३. पुशपति क्षेत्रमा लाइट जडान
४. वनकाली धर्मशाला र पर्यटन सूचना केन्द्रको भवन भाडामा
५. वनकालीमा फूलपाती तथा सोभिनियरका पसल निर्माण
६. कार्यकारी निर्देशक, कानूनी सल्लाहकार र कर्मचारी नियुक्तिमा
७. सरसफाइको जिम्मा बैंकलाई
८. बैंकमा अनावश्यक खाता सञ्चालन
९. गौशाला धर्मशाला भाडामा
१०. कृपालु उद्यान निर्माण
११. सर्वोच्चको आदेश विपरित शव गाड्न दिनु
१२. कोषको गाडी निजी काममा प्रयोग
१३. सुमार्गी भवन भाडामा
१४. कोषको सदस्य नियुक्ति
१५. पार्किङ क्षेत्र बोलपत्रमा मिलेमतो
१६. कोषका उपनिर्देशक अन्य संस्थामा पनि आवद्ध
अन्नपूर्ण पोष्टबाट



