images
images

शिखर इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


  • 417
    SHARES
  • २०७८ माघ २० गते बिहीबार

    शिखर इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । शिखर इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि पुष २१ गते बुकक्लोज गर्दैछ । तसर्थ पुष २० गतेसम्म कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

    शिखर इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ः३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । ५२ लाख ७५ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

    कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo