काठमाडौं । कर्णाली प्रदेशमा ७ सय ४८ दशमलव ५ मेगावाट क्षमताका २ जलविद्युत् आयोजना बन्ने भएको छ । १ सय ११ दशमलव ५ मेगावाटको मुगु कर्णाली र ६ सय ३७ मेगावाटको हुम्ला कर्णाली समेत गरी उक्त क्षमताका आयोजना निर्माण हुन लागेको हो ।
मुगु कर्णाली आयोजनाको सम्भाव्यता अध्ययन र ईआईएका लागि ६ कम्पनी सर्टलिष्ट गरेर आशयपत्र जारी गरिएको छ । आयोजनाका लागि मुगुको सुम्लीलेखि भीई दोभानसम्मको ३१ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहण गरिएको छ । यसको अनुमानित लागत ५ अर्ब रुपैयाँ भन्दा बढी छ ।
उता हुम्ला कर्णाली आयोजनाको सम्भाव्यता अध्ययन र ईआईएका लागि ६ कम्पनीले आवेदन दिएका छन् । यसको निर्माणको क्षेत्रफल एकीन भएको छैन ।