काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासनको मिति तोकेको छ । सो फाइनान्सको २ः१ अनुपातको दरले हुन आउने शेयरका लागि फागुन ८ गतेदेखि आवेदन खुला हुने भएको हो । यस्तो निष्कासन छिटोमा फागुन २९ गते बन्द हुनेछ ।
पुस ११ गतेभन्दा अगाडि दोस्रो बजारमा शेयर कायम भएकाहरु उक्त हकप्रद शेयर निष्कासनका लागि योग्य हुनेछन् । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ ।