images
images

बलेफी हाइड्रोपावरको आईपीओ २७ गतेदेखि, दोस्रो चरणमा सर्वसाधारणलाई


  • 864
    SHARES
  • २०७८ माघ २० गते बिहीबार

    बलेफी हाइड्रोपावरको आईपीओ २७ गतेदेखि, दोस्रो चरणमा सर्वसाधारणलाई

    काठमाडौं । बलेफी हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि खुल्ने भएको छ । सो हाइड्रोपावर क्षेत्र तथा प्रसारण लाइन क्षेत्रका प्रभावित एवं स्थानीयवासीका लागि बलेफीले १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ जारी गर्न लागेको हो । 

    उक्त शेयरमध्ये आयोजना निर्माणस्थल सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीयवासीका लागि ६० प्रतिशत र जुगल गाउँपालिकाकै वडा नं ५ र ७ तथा बफेली गाउँपालिकाके वडा नं १, ३, ६ र ७ का प्रसारण लाइन प्रभावित ४० प्रतिशत समेत गरी उक्त शेयर बिक्री हुनेछ । 

    यसका लागि छिटोमा फागुन १२ र ढिलोमा फागुन २७ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यो अवधिमा शेयर बिक्री नभए बिक्री नभएको शेयर सर्वसाधारण शेयरधनीलाई थप गरेर बिक्री गरिने जनाइएको छ । 

    कस्तो छ कम्पनी ? 

    यो कम्पनीले सिन्धुपाल्चोकमा ३६ मेगावाटको आयोजना निर्माण गर्दैछ । यसको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ रहेको छ जुन औसत मूल्य बराबर नै हो । यो आयोजनाको पेब्याक पिरियड ७.५४ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड १४.१० वर्ष रहेको छ । 


    images
    images

    Logo