काठमाडौं । कोरोना संक्रमणको जोखिम घट्दै गएपछि त्रिभुवन विश्वविद्यालयको स्थगित भएको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । त्रिविले कोरोनाका कारण स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू फागुन १ गतेदेखि सुरू गर्ने निर्णय गरेको हो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन् । साथै वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलवी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
फागुन दुई गतेदेखि नै ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमितर्फको परीक्षा सञ्चालन हुनेछ । परीक्षा अपरान्ह १२ बजेदेखि ३ बजेसम्म हुनेछ ।
त्रिविले कोरोना संक्रमण तीव्र रुपमा फलँदै गएपछि माघ १० गतेपछिका पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरेको थियो । फागुन १ देखि त्रिविको परीक्षा सञ्चालन



