काठमाडौं । सुनचाँदी बजारमा आज ३ सय रुपैयाँले सुनको मूल्य बढेको छ भने आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको हो ।
मंगलबार प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य १५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।