images
images

धनञ्जय रेग्मीको आधा दर्जन बढी कैफियत, बर्खास्त गर्न बाटो खुल्यो 


  • 486
    SHARES
  • २०७८ माघ १९ गते बुधबार

    धनञ्जय रेग्मीको आधा दर्जन बढी कैफियत, बर्खास्त गर्न बाटो खुल्यो 

    काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई बर्खास्त गर्न बाटो खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले उनलाई दोषी देखाएसँगै रेग्मीको बर्खास्तीको मार्ग प्रशस्त भएको हो । 

    बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाल नेतृत्वको समितिले रेग्मी आर्थिक अनियमिततामा मुछिएको निष्कर्षसहितको प्रतिबेदन पर्यटनमन्त्री महेश्वर न्यौपानेलाई बुझाएको छ । 

    समितिले रेग्मी बेलायतको वल्र्ड टुरिजम मार्ट (डब्ल्युटीएम) बाट फर्किँदा तोकिएकोभन्दा धेरै रक्सी ल्याएको र जरिवाना तिरेको विषयमाथि नैतिक र कानुनी प्रश्न उठाएको छ । साथै २०७४ सालमा सुनको अवैध ओसारपसारमा कारबाही भोगेको विषयलाई लुकाएर बोर्डलाई गुमराहमा राख्ने प्रयास गरिएको समेत समितिको निष्कर्ष छ । 

    त्यसबाहेक कर्मचारी सरुवाको नाममा अतिरिक्त खर्च सिर्जना गरेको, अन्तारष्ट्रिय मेलामा निजी क्षेत्रबाट कम्तीमा १० जना सहभागिता हुनुपर्नेमा त्यसो नगराएको, बोर्ड सञ्चालक समितिको निर्देशन पटक पटक उल्लंघन गरेको निष्कर्ष निकालिएको छ । 

    डब्ल्युटीएमको बैठकमा सहभागी हुँदा ६ जनाको १ करोड भन्दा बढी खर्च हुनुमा पनि समितिले प्रश्न उठाएको छ । बोर्डको सीईओ कार्यकक्ष मर्मत गर्दा समेत अनियमितता भएको समितिको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयसँग जियोग्राफिकल इन्फरमेसन सिस्टम जडानमा समेत समितिले प्रश्न उठाएको छ ।

    समितिले उठाएका सवालको बारेमा अब मन्त्रालयले रेग्मीसँग प्रष्टीकरण सोध्नेछ । जवाफ चित्तबुझ्दो नभएमा उनलाई मन्त्रालयले बर्खास्त गर्न सक्नेछ । 


    images
    images

    Logo