काठमाडौं । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा लगाउँदै आएको मूल्य बढाएको छ । आज आईओसीले नयाँ मूल्यसूची पठाउँदै मूल्य बढाएको हो ।
आईओसीले पठाएको नयाँ मूल्य अनुसार निगमले पेट्रोलमा प्रतिलिटर ४.९२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ७.२४ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर ८.८० रुपैयाँ, हवाइ इन्धनमा प्रतिलिटर ७.४८ रुपैयाँ तथा ग्यासमा प्रति सिलिन्डर ८२ रुपैयाँ मूल्य बढाएको छ ।
यो आधारमा निगमको मासिक नोक्सान २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।