images
images

जेठ ४ गते एकै चरणमा चुनाव गर्न आयोगको सिफारिस, १२ अर्ब खर्च हुने अनुमान


  • 612
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    जेठ ४ गते एकै चरणमा चुनाव गर्न आयोगको सिफारिस, १२ अर्ब खर्च हुने अनुमान

    काठमाडौं । निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार आयोग पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देवालाई भेटेर जेठ ४ गते निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको हो । 

    आयोगले एकै चरणमा निर्वाचन गर्न पनि सरकारलाई सुझाएको छ । यसो गर्दा खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सरलता हुने, मतदाता शिक्षामा एकरुपता कायम हुने, निर्वाचन प्रचारप्रसार खर्च कम हुने, निर्वाचन अनुगमन र पर्ययवेक्षण सहज हुने लगायत आकलन समेत आयोगले गरेको छ । 

    २ चरणमा निर्वाचन गर्दा पहिलो चरणको नतिजाले दोस्रो चरणको निर्वाचनलाई प्रभाव पार्नेतर्फ आयोगले सरकारलाई सचेत गराएको छ । 

    निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल, अवकाशव्राप्त प्रहरी, स्थानीय तहका नगर प्रहरी र म्यादी प्रहरीहरु परिचालन गर्न समिने समेत आयोगले उल्लेख गरेको छ । 

    निर्वाचनका लागि झन्डै १२ अर्ब रुपैयाँ खर्च हुनसक्ने आयोगले अनुमान गरेको छ । अघिल्लो पटक ८ अर्ब खर्च भएकोमा अहिले कर्मचारीको तलबभत्ता ३० प्रतिशतले बढेको, मतदाता संख्या २० लाख बढेको लगायत कारणले खर्च बढी लाग्ने अनुमान गरिएको हो । 


    images
    images

    Logo