images
images

भारतले बढायो नेपाललाई दिने सहयोग, भुटानको भन्दा एक तिहाइ


  • 623
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    भारतले बढायो नेपाललाई दिने सहयोग, भुटानको भन्दा एक तिहाइ

    काठमाडौं । भारतले नेपाललाई दिने सहयोग बढाएको छ । भारतीय संघीय बजेटले नेपाललाई दिने सहयोगको रकम वृद्धि गरेको हो । 

    बजेट अनुसार नेपालले भारतबाट आगामी आर्थिक वर्षमा ७ अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग प्राप्त गर्नेछ । अघिल्लो वर्ष ६ अर्ब ५० करोड रुपैयाँ मात्रै सहयोग घोषणा गरिएको थियो ।

    यद्यपि यो सअयोग अघिल्ला दुई वर्षको भन्दा कम हो । आर्थिक वर्ष २०२०÷२१ मा यस्तो सहयोग ९ अर्ब ९२ करोड रुपैयाँ सहयोग घोषणा गरिएको थियो भने आर्थिक वर्ष २०१९÷२० मा ८ अर्ब ७९ करोड रुपैयाँ बजेट घोषणा गरिएको थियो । 

    भुटानलाई भने भारतले २२ अर्ब ६६ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । अघिल्लो वर्ष भुटानलाई १७ अर्ब ५५ करोड सहयोग घोषणा गरिएको थियो । 


    images
    images

    Logo