images
images

स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने देउवाको घोषणा


  • 595
    SHARES
  • २०७८ माघ १८ गते मंगलबार

    स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने देउवाको घोषणा

    काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव जेठ ४ गते गर्ने घोषणा गरेका छन्। पार्टीको बाग्मती प्रदेश समितिका अध्यक्ष इन्द्र बानियाँ लगायतसंगको भेटमा देउवाले जेठ ४ गतेको मिति घोषणा गरेका हुन् । 

    बानियाँले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भने, ‘चुनाव जेठ ४ गते हुन्छ। केही दिनमै मिति घोषणा गर्छु।’

    सत्तारुढ पाँच दलीय गठबन्धनको शनिबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय गरेको थियो।

    गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजावादीले चुनाव अर्को वर्ष माघ फागुनमा गर्नुपर्ने धारणा राखे पनि कांग्रेसभित्र कुरा नमिल्दा गठबन्धन जेठमै चुनाव गर्ने निष्कर्षमा पुगेको थियो । 

    आउँदो जेठ ४ गते चुनाव गर्दा कार्यकाल सकिनुभन्दा अघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो।


    images
    images

    Logo