काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले दूधको मूल्य प्रतिलिटरमा १३.१७ प्रतिशतले बृद्धि गरेको हो ।
यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।
बैठकले दूधको मूल्य ५६.०४ रुपैयाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले दुधको मूल्य वृद्धि भएको हो ।