काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा सहसचिव दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरिएको थियो ।
सहसचिव दंगाल अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।