काठमाडौं । प्रभु क्यापिटलले विन्टर अफर ल्याएको छ । गत वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको सक्रिय सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि क्यापिटलले विन्टर अफर ल्याएको हो ।
हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध) छ ।
वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि फ्रि डिम्याट तथा मेरोसेयर सुविधा सहितको विन्टर अफर योजना ल्याएको छ ।
यस योजना अन्तरगत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ ।
करिब ६ महिना पछि प्राथमिक शेयरहरु धमाधम निष्काशनको तयारीमा रहेको र आइपिओमा तथा दोश्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरुको अझै पनि डिम्याट खाता छैन ।
त्यसैलाई मध्यनजर गर्दै नेपाल भित्र वा नेपाल बाहिर जहाँकही रहेका सबै ग्राहकहरुले आफू, आफ्नो परिवार एवं आफन्त तथा साथीभाईहरु सबैले सहजै यस योजनामा अनलाईनबाटै निशुल्क खाता खोली समय तथा रकमको बचत गरी लाभ लिने उद्देश्यका साथ यो योजना सञ्चालन गरिएको हो ।
प्रभु क्यापिटलको विन्टर अफर विशेषताहरुः
यस योजनामा देश वा विदेशमा रहनुहुने नेपालीहरुले मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) बाटै भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नेछन्। यसका साथै वेवसाइटबाट समेत भिडियो केवाइसि सहितको डिम्याट सेवा प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गरिनेछ । डिम्याट खाता तथा लगानी व्यवस्थापन सम्बन्धी विभिन्न सेवाहरु प्रभु क्यापिटलको वेवसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ । यो योजना २०७८ माघ १८ गते देखि चैत्र १७ गते सम्म सञ्चालन हुनेछ ।



