काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३ सय ६८ जनाको जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ३ सय ६१, ललितपुरमा २ सय ७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण देखिएको छ ।